भेरी अस्पतालका चिकित्सकहरुमाथि आक्रमण गर्ने तिन जना पक्राउ — OSNepal

भेरी अस्पतालका चिकित्सकहरुमाथि आक्रमण गर्ने तिन जना पक्राउ

LC (KTM) May 28, 2021 0

काठमाडौँ १४ जेठ । हिजो बिहिबार राती भेरी अस्पतालका चिकित्सकहरुमाथि आक्रमण गर्ने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावत रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राउ पर्नेमा मृतकमा छोरा तथा भाइ रहेको प्रहरीले जनाएको छ । ५४ वर्षीय कोरोना संक्रमतिको उपचारको क्रममा ज्यान गएपछि मृतकका छोरा र भाईले चिकित्सक तथा नर्सहरुमाथि आक्रमण गरेका हुन् । ज्यानमार्ने शैलीमा आएका तिनीहरुले कोभिड कक्षा समेत तोडफोड गरेपछि चिकित्सक तथा नर्ससहित ४ जनाले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए ।

ज्यानको सुरक्षा नभए सम्म उपचार नगर्ने तथा नयाँ बिरामी पनि भर्ना नलिने भन्दै चिकित्सकहरु आन्दोलन गरिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर