राप्रपा महाधिवेशन : लिङदेनको समुहबाट ४ उपाध्यक्ष र ३ महामन्त्री उम्मेदवारको लाग्यो टुंग्यो — OSNepal

राप्रपा महाधिवेशन : लिङदेनको समुहबाट ४ उपाध्यक्ष र ३ महामन्त्री उम्मेदवारको लाग्यो टुंग्यो

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा अध्यक्षको उम्मेदवारी दिएका नेता राजेन्द्र लिङदेनले आफ्नो समुहबाट । उपाध्यक्ष र महामन्त्रीको टुंगो लगाएका छन् ।

लिङदेनको समुहबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ चुनावी मैदानमा उत्रिने भएका छन् । त्यसैगरी , महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाले उम्मेदवारी दिने भएका छन् ।

मंसिर १५ गतेबाट सुरु भएको राप्रपाको महाधिवेशनमा ४ उपाध्यक्ष र ३ महामन्त्री निर्वाचनबाट चयन हुनेछन् भने अरु १४१ केन्द्रीय सदस्य निर्वाचनबाट आउने भएका छन् ।

यता वर्तमान अध्यक्ष कमल थापाले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर