मंसिर २८ गतेबाट राहदानी विभागबाट एमआरपी वितरण बन्द — OSNepal

मंसिर २८ गतेबाट राहदानी विभागबाट एमआरपी वितरण बन्द

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । सरकारले मंसिर २८ गतेबाट राहदानी विभागबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को वितरण बन्द गर्ने भएको छ । एमआरपी बन्द गरेसँगै सोही दिनबाट ई-पासपोर्ट जारी गरिने भएको छ ।

यसको लागि सोही दिनदेखि विभागको मुख्य कार्यालयबाट सेवा लिँदा अनिवार्य रुपमा ई-पासपोर्टका लागि अनलाइन आवेदन भर्नुपर्ने विभागले जानकारी दिएको छ । विभागका प्रवक्ता शरदराज आरनले दिएको जानकारी अनुसार अनलाइन आवेदनबाट बुक गरेको समयमा सेवाग्राही बायोट्रिक दिन त्रिपुरेश्वरस्थित कार्यालयमा जानुपर्ने छ ।

एक हप्तामा तिनै उपत्यकामा सेवा विस्तार गर्ने अर्को हप्ता जिल्लामा पुग्ने बताइएको छ । ई-पासपोर्ट बनाउनेले राष्ट्रिय परिचयपत्र वा त्यसको भेरिफाइड नम्बर अनिवार्य भर्नुपर्ने व्यवस्था गरिएको छ ।

साधारणसहित कुटनीतिक, सर्भिस, विशेष, अस्थायी र सिमेन्स राहदानी पनि विभागले वितरण गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर