महामारीमा स्वास्थ्यकर्मीहरू माथि वार्डमै आक्रमण गर्नु जघन्य अपराध हो, सत्ताको अराजकता सबैतिर फैलिनु गम्भीर विषय हो - जनार्दन शर्मा — OSNepal

महामारीमा स्वास्थ्यकर्मीहरू माथि वार्डमै आक्रमण गर्नु जघन्य अपराध हो, सत्ताको अराजकता सबैतिर फैलिनु गम्भीर विषय हो – जनार्दन शर्मा

LC (KTM) May 28, 2021 0

काठमाडौं-शुक्रबार विहान सामाजिक सञ्जालमार्फत भेरी अस्पतालमा कोरोना संक्रमितको निधनपछि संक्रमितका आफन्तले स्वास्थ्यकर्मीमा हातपात गरेपछि माओवादी केन्द्रका नेता जनार्दन शर्माले त्यसको निन्दा गरेका छन् । उनले महामारीको समयमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरू​को सुरक्षाको माग गरेका छन् ।

स्वास्थ्यकर्मीमाथि नै आक्रमणमा उत्रिएपछि उनले सरकारलाई गम्भीर बन्न शर्माको आग्रह रहेको छ ।उनले लेखेका छन्, ‘दोषीमाथि कारबाही गर्नुका साथै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार पारियोस् । सत्ताको अराजकता सबैतिर फैलिनु गम्भीर विषय हो ।

महामारीमा जीवन जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक, स्वास्थ्यकर्मीहरूमाथि वार्डमै आक्रमण गर्नु जघन्य अपराध भएको उनको भनाइ छ । उक्त अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झन गम्भीर विषय बनेको शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर