प्रधानन्यायाधीशलाई बिदामा बसी तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सत्तारुढ गठबन्धनको सुझाव — OSNepal

प्रधानन्यायाधीशलाई बिदामा बसी तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सत्तारुढ गठबन्धनको सुझाव

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको छ ।

आज बिहिबार बिहान बसेको सत्तागठवन्ध बैठकले यस्तो सुझाव दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दे भइरहेको धर्नाले सर्वोच्चको काम विगत एक महिना देखि अवरुद्ध भइरहेको छ ।

हाल जवरा कोरोना भाइरस संक्रमणबाट शसस्त्र प्रहरी बलम्बुमा उपचार गराइरहेका छन् । जवरा बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने निष्कर्ष आजको बैठकले गरेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतका नेताहरु उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर