सर्वोच्च अदालत र संसदको गतिरोधको विषयमा समाधान खोज्न लागि परेको छु : सभामुख सापकोटा — OSNepal

सर्वोच्च अदालत र संसदको गतिरोधको विषयमा समाधान खोज्न लागि परेको छु : सभामुख सापकोटा

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा देखिएको समस्या र संसदको गतिरोधको विषयमा समाधान खोज्ने बताएका छन् ।

अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३ औं सम्मेलनमा सहभागी हुन स्पेन पुगेका सभामुख सापकोटा आज बिहिबार स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

आफु विदेश रहँदा पनि नेपालको राजनितिको विषयमा जानकारी राखेको बताएका उनले चाँडै सर्वोच्चको र संसदको गतिरोधको समस्या समाधान गर्ने बताएका छन् ।‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा म यहाँ आइसकें, अब सोच्छु ।’ पत्रकार सम्मेलमा उनले भने ।

मंसिर, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।सर्वदलीय बैठक या अरु बैठक गरेर उपाय खोज्नका लागि आफु त्यसमै केन्द्रित भएर लाग्ने बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामाको विषयलाई लिएर सर्वोच्च अदालतमा विगत एक महिना देखि धर्ना तथा आन्दोलन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर