भारतमा २४ घण्टामा ह्वात्तै घटे कोरोना संक्रमित — OSNepal

भारतमा २४ घण्टामा ह्वात्तै घटे कोरोना संक्रमित

LC (KTM) May 28, 2021 0

काठमाडौँ- कोरोनाको दोस्रो लहरको हट स्पोट बनेको भारतमा कोरोनाको संक्रमणदर क्रमशस् घट्दै गएको छ ।२४ घण्टाको अवधिमा भारतमा १ लाख ७९ हजार ७७० संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड ७५ लाख ४७ हजार ७०५ पुगेको छ ।बितेको २४ घण्टामा ३ हजार ५५८ संक्रमितको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख १८ हजार ८२१ पुगेको छ । भारतमा २ करोड ४८ लाख ९० हजार ३२६ जनाले कोरोनालाई जितेका छन् । संक्रमितमध्ये २३ लाख ३८ हजार ५५८ जनामा संक्रिय संक्रमण छ ।

जसमध्ये ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ९६ लाख १६ हजार ८१६ पुगेको छ । त्यस्तै ३५ लाख २५ हजार ५०९ जनाले ज्यान गुमाएमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर