एकीकरणको दुई वर्ष राप्रपाको गतिविधि शून्य : राजेन्द्र लिङ्देन — OSNepal

एकीकरणको दुई वर्ष राप्रपाको गतिविधि शून्य : राजेन्द्र लिङ्देन

LC (KTM) December 01, 2021 0

काठमाडों १५ मंसिर राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष पदका उम्मेदवार नेता राजेन्द्र लिङ्देनले एक पटक पार्टीको कार्यकारिणी भूमिका फेर्नुपर्ने जरुरी भएको भन्दै पार्टीका अग्रजहरुलाई परिवर्तनको पक्षमा उभिन आग्रह गरेका छन् ।

पार्टीको महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेता लिङदेनले यस्तो आग्रह गरेका हुन् । एकीकरणको दुई वर्ष राप्रपाको गतिविधि शून्य भएको बताएका उनले राष्ट्रिय राजनीतिबाट बेपत्ता भएजस्तो बताउँदै उनले अब एक पटक नेतृत्व फेर्नु पर्ने बताएका हुन् ।

‘राप्रपा नयाँ शक्तिको रुपमा उदय र विकास भइरहेको छ भनेर उहाँहरुको सम्बोधनबाट व्यक्त भइरहेको थियो । तर लामो समय राप्रपाको त्यो एकता टिक्न सकेन । आज यहाँ आइपुग्दा राप्रपा देशको राष्ट्रिय मान्यता प्राप्त पार्टी पनि बन्न सकेन ।’ सम्बोधनका क्रममा उनले भने ।

सम्बोधनका क्रममा उनले यति बेला पार्टी इतिहासकै सबैभन्दा महत्वपूर्ण क्षणमा उभिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर