इतिहासमा पहिलोपटक आज बुधबारबाट तोकियो सर्वोच्चमा गोला प्रथाबाट पेशी — OSNepal

इतिहासमा पहिलोपटक आज बुधबारबाट तोकियो सर्वोच्चमा गोला प्रथाबाट पेशी

LC (KTM) December 01, 2021 0

काठमाडौं १५ मंसिर । सर्वोच्च अदालतमा आज बुधबारबाट गोला प्रथाबाट पेशी तोकिएको छ । जसमा दुईवटा एकल इजलाससहित १० वटा इजलास गठन भएका छन् ।

इतिहासमा पहिलोपटक आज बुधबारबाट सर्वोच्चमा गोाल प्रथाबाट पेशी तोकिएको हो । यसको सुरुवात आज बिहान साढे १० बजे सर्वोच्चका न्यायाधीशहरूले गोला तानेर गरेका थिए । गठन भएको १० इजलासमा २१७ वटा मुद्धा सुनुवाइका लागि पेसी तोकिएको छ ।

उक्त गोला प्रथाबाट तोकिएको पेशीको इजलास वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासमा न्यायाधीश टंकबहादुर मोक्तान परेका छन् ।

त्यसैगरी न्यायाधीश विश्वम्भर श्रेष्ठका ेसाथमा बमकुमार श्रेष्ठको अर्को संयुक्त इजलास परेको छ । भने ,न्यायाधीश हरिकृष्ण कार्कीको साथमा अर्का न्यायाधीश बमकुमार श्रेष्ठको इजलास पनि परेको छ ।

न्यायाधिश सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको अर्को इजलास परेको छ । त्यस्तै गरी न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको पनि इजलास गठन भएकोह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर