श्रीलङ्कालाई चीनले पाँच लाख खोप सहयोग गर्ने — OSNepal

श्रीलङ्कालाई चीनले पाँच लाख खोप सहयोग गर्ने

LC (KTM) May 28, 2021 0

बेङजिङ- चीनले श्रीलङ्कालाई कोरोना विरूद्धको पाँच लाख मात्रा खोप प्रदान गरेको छ ।पछिल्लो समयमा भारतमा कोभिड–१९ को अभाव सामना गर्नु परेपछि श्रीलङ्कालाई कोरोना खोप उपलब्ध गराउन सकिरहेको थिएन ।बुधबार दोश्रो चरणको चिनियाँ खोप कोलम्बोमा पुगेको हो ।

यसअघि गत मार्चमा पाँच लाख मात्रा खोप श्रीलङ्का पुगेको थियो । अक्सफोर्ड अस्ट्राजेनेकाद्वारा विकास गरेको र भारतमा उत्पादन गरिएको कोभिशिल्ड खोप उपलब्ध गराउने भनिए पनि भारतीय अदालतले खोप तत्काल बाहिर नपठाउन गरेको आदेशसँगै अहिले भारतले अन्य देशलाई पठाउने भनेको खोप आपूर्तिलाई रोकेको छ । श्रीलङ्का सरकारले चिनियाँ साइनोफार्मबाट एक करोड ४० लाख मात्रा खोप लिने निर्णय गरेको छ ।

श्रीलङ्कामा अहिलेसम्म कोभिड सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक लाख ७४ हजारभन्दा बढी पुगेको छ भने सङ्क्रमितमध्ये एक हजार २९८ जनाको मृ त्यु भएको छ । श्रीलङ्कामा पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ७८२ रहेको छ । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर