उपत्यकामा आजदेखि किराना पसल पनि बन्द : सागसब्जी, माछामासु, दुध किनबेचको लागि बिहान ९ बजेसम्म खुल्ने — OSNepal

उपत्यकामा आजदेखि किराना पसल पनि बन्द : सागसब्जी, माछामासु, दुध किनबेचको लागि बिहान ९ बजेसम्म खुल्ने

LC (KTM) May 28, 2021 0

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाका किराना पसलहरु समेत बन्द हुने भएका छन् ।उपत्य काका तिनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना बढेपछि यस्तो निर्णय लिएको हो । बैठकले कोरोना रोकथामको लागि जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याउदै थप कडाई गरेका हुन् ।मालवाहक सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ ।

सागसब्जी, माछामासु, दुध किनबेचको लागि बिहान ९ बजेसम्म समय तोकिएको छ । सरकारी कार्यालयबाट दिइने सेवा पनि स्थगित गरिएको छ ।बैंक तथा वित्तीय क्षेत्रलाई सीमित कर्मचारी राखेर कार्यालय सञ्चालन गर्न भनिएको छ । अत्यावश्यक दैनिक उपभोग्य र इन्टरनेट सेवासम्बन्धी सवारी राति ९ देखि बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर