कोरोनाले आजित बनेपछि 'कोरोना देवीु' का दुईवटा मूर्ति स्थापना गरी पूजा गरियो, के अब घट्ला त कोरोना ? — OSNepal

कोरोनाले आजित बनेपछि ‘कोरोना देवीु’ का दुईवटा मूर्ति स्थापना गरी पूजा गरियो, के अब घट्ला त कोरोना ?

LC (KTM) May 28, 2021 0

भारतको दक्षिणी राज्य तामिलनाडुको कोयम्बटोरमा ‘कोरोना देवी’ का दुईवटा मूर्ति स्थापना गरी पूजा गरिएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि महामारी रोक्न मूर्ति स्थापना गरी पुजारीले दैनिक पूजा गर्न थालेको समाचार संस्था अलजजिराले जनाएको छ । भारतमा कोरोना भाइरसका कारण बिहीबारसम्म ३ लाख १५ हजारको ज्यान गइसकेको छ भने २ करोड ७३ लाख संक्रमित बनेका छन् ।

तामिलनाडुको कोयम्बटोरमा रहेको कामतचिपुरी अधिनाम मन्दिर महामारीका कारण बन्द गरिएको छ । तर, सो मन्दिरका पुजारीले एउटा चन्दनको काठबाट र अर्को ढुंगाबाट बनाइएका ‘कोरोना देवी’ का मूर्तिलाई पूजा गरिरहेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । उनीहरुले विभिन्न मन्त्र उच्चारणसहित ती मूर्तिमा दैनिक प्रसाद चढाउने र मूर्तिलाई बेसार पानी र दूधले नुहाइदिने पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर