चुनाव सम्म संगै रहने यी ५ दलको निर्णय , कारबाहीमा परेको माधव समुह कांग्रेस संगै लेप्पासीयो — OSNepal

चुनाव सम्म संगै रहने यी ५ दलको निर्णय , कारबाहीमा परेको माधव समुह कांग्रेस संगै लेप्पासीयो

LC (KTM) May 27, 2021 0

प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदम बिरुद्ध एक ढिक्का भएका ५ दलले गठबन्धन कायमै राख्ने भएका छन् । उनीहरुले यो ५ दलिय गठबन्धनलाई आउँदो चुनाव सम्मै कायम राख्ने निर्णय गरेको माधव नेपाल समुहका एक नेताले जानकारी दिए ।

यसरी गठबन्धनमा रहने दलहरुमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, माओबादी केन्द्र , एमालेको माधव नेपाल समुह, जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

कार्यगत एकतालाई कायम राख्ने समझदारी दलका नेताहरुले गरेका हुन् । प्रधानमन्त्री र राष्ट्रपति मिलेर ठुलो त्याग र तपस्याबाट ल्याएको संविधान मास्ने खेल भएपछि पाँच दलबीचमा समीकरण बनाइएको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर