धरानको अस्थायी प्रहरी चौकीमा घरेलु हतियार सहित आएको एक समुहद्धारा आक्र मण , असई घाईते , नाका सिल गरेर घटनामा संलग्नहरु खोजी गर्दै प्रहरी — OSNepal

धरानको अस्थायी प्रहरी चौकीमा घरेलु हतियार सहित आएको एक समुहद्धारा आक्र मण , असई घाईते , नाका सिल गरेर घटनामा संलग्नहरु खोजी गर्दै प्रहरी

LC (KTM) May 27, 2021 0

सुनसरीको धरानमा आज बेलुका घरेलु हतियारसहित आएको एक समूहले अस्थायी प्रहरी चौकीमा आक्रमण गरेको छ । आक्र मणबाट अस्थायी प्रहरी चौकीका असई सुमन दाहाल सख्त घाईते भएका छन् ।

घाइते असईको अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनको देब्रे हातमा खुकूरीले काटिएको छ । तरबार, खुकुरी, भालासहितका घरेलु हतियार लिएर आएको समूहले धरान १५ मा रहेको अस्थायी चौकीका प्रमुख दाहालमाथि आक्र मण गरेको थियो ।
त्यहीका स्थानीयबासी बिच झ गडा भएको र उजुरी दिन आएको टोलीमाथि जाइलाग्न आएका अर्काे समुहलाई रोक्ने क्रममा घरेलु हतियारले प्रहरीमाथी नै आक्र मण भएको सुनसरीका प्रहरी प्रमुख कमल थापाले बताए ।

स्थानीयवासी बीचमा भएको झगडाका विषयमा छलफल चलिरहँदा एक दर्जनको समूहमा आएका युवाहरुले चौकी प्रमुख दाहालमाथि आक्रमण गरेका थिए ।

अस्थायी प्रहरी चौकीमा जम्मा ४ जना मात्र प्रहरी भएको बेला आक्रमण भएको थापाले जानकारी दिए । घटनामा सात जना संलग्न रहेको खुल्न आएको छ । अहिले नाका सिल गरेर खोजी गरिरहेको प्रहरीले जनाएको छ । थप बिवरण भने प्रहरीले खुलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर