एमाले महाधिबेशन : उम्मेद्धारको नामावली प्रकाशन, मतदान बिहान २ बजे बाट सुरु हुने — OSNepal

एमाले महाधिबेशन : उम्मेद्धारको नामावली प्रकाशन, मतदान बिहान २ बजे बाट सुरु हुने

LC (KTM) November 29, 2021 0

एमालेको १० औ महाधिबेशनको बन्द सत्र चितवनको सौराहमा जारी छ । एमालेले सबै जसो पदमा सर्वसहमत नेतृत्व चयन गरेको छ । तर अध्यक्षसहित १० वटा पदमा उम्मेद्वार हुने भएको छ। यसैक्रममा एमाले केन्द्रीय कमिटिको निर्वाचनका लागि केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ।

निर्वाचन आयोगको तालिका अनुसार भोली बिहान २ बजेदेखि ८ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ। विद्युतीय मेसिनबाट मतदान हुने भएकाले मतदान सकिएको केही बेरमै अन्तिम नतिजा बाहिर आउने बताइएको छ ।

अध्यक्षमा केपी शर्मा ओलीलाई वर्तमान उपाध्यक्ष भीम रावलले खुल्ला चुनौती दिइरहेका छन् । उपाध्यक्षमा घनश्याम भुसालको उम्मेदवारीका कारण सर्वसम्मत गर्न खोजिएका नेताहरुले मतदानमा नै होमीनु पर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर