संयोग हो या हराउने रणनीति : एमालेको मतदान हुने सबै पदमा पुर्व माओवादी नेताहरु सहभागी , एमाले नेताले के पुर्व माओवादीलाई मत देलान् — OSNepal

संयोग हो या हराउने रणनीति : एमालेको मतदान हुने सबै पदमा पुर्व माओवादी नेताहरु सहभागी , एमाले नेताले के पुर्व माओवादीलाई मत देलान्

LC (KTM) November 29, 2021 0

काठमाडौं १३ मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत पार्टीको नेतृत्व सहित पदाधिकारीहरु चयन नभए पनि निवार्चनको मैदानमा उत्रिएको एमालेको अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र भीम रावल भिड्ने भएका छन् ।

त्यसैगरी, संयोग हो या ओलीले चालेको गोटी एमालेको महाधिवेशनमा ओलीबाहेक पदाधिकारीमा माओवादी पृष्ठभूमिका नेताहरू उम्मेदवार भएको पदमा मात्रै निर्वाचन हुने भएको छ ।

पुर्व माओवादीलाई एमालेले भोट हाल्छ या हाल्दै भन्ने अर्को रोचक विषय बनेको छ ।उपाध्यक्ष पदमा ओलीले पुर्व माओवादीमा रामबहादुर थापा सहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र सुवास नेम्वाङको नाम प्रस्ताव गरेका थिए । तर यस प्रस्तावमा सहमति जनाउँदै घनश्याम भुसालले उम्मेदारी दिएर ओलीको निणर्यलाई फेल खुवाएका छन् ।

त्यसैगरी ,सचिव पदमा पनि ओलीले पुर्व माओवादीका टोपबहादुर रायमाझी,लेखराज भट्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम सिफारिस गरेका थिए । यसलाई पनि फेल गराउन भीम आचार्य र टंक कार्कीले सुचिव पदमा उम्मेदवारी दिएका छन् ।

निवार्चन हुने सबै पदमा पुर्व माओवादीका नेताहरु भएपछि एमाले नेताले के पुर्व माओवादीलाई मत देलान् यो रोचकका विषयमा बनेको छ । पुर्व माओवादी नेता मणि थापाले भनेका छन् , हाम्रो उम्मेदवारी महाधिवेशनको हलले स्वीकार गरेको हो ।’राजनीतिमा यसै हुन्छ त भन्न सकिन्न । हामी हार्नु भनेको ओली कमरेड र महाधिवशेनको प्रस्ताव हार्नु हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर