अधुरा कामलाई अधुरै छाडेर पलायन हुने अनुमति आफुलाई नभएको भन्दै महाधिवेशनको पुर्वसन्ध्यामा अध्यक्षमा कमल थापाले गरे उम्मेदवारी घोषणा — OSNepal

अधुरा कामलाई अधुरै छाडेर पलायन हुने अनुमति आफुलाई नभएको भन्दै महाधिवेशनको पुर्वसन्ध्यामा अध्यक्षमा कमल थापाले गरे उम्मेदवारी घोषणा

LC (KTM) November 29, 2021 0

काठमाडौं १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष नेता कमल थापाले पुन एक पटक अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आउँदो मंसिर १५ गतेबाट काठमाडौंमा हुने पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

सोेमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता थापाले आफूले केही नगरी नहुने काम बाँकी रहेको भन्दै पुनः अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको प्रष्ट पारेका हुन् ।

‘अधुरा कामलाई अधुरै छाडेर पलायन हुने अनुमति मलाइ छैन’ त्यसैले फेरि अध्यक्षमा उम्मेदवारी दिन्छु ‘ थापाले राष्ट्रिय सभा गृहमा भएको एक कार्यक्रममा भने । महाधिवेशनको पुर्व सन्ध्यामा पार्टी अध्यक्षको उम्मेदवारी दिने लागेको थापाले बताएका छन् ।

पार्टीका अध्यक्षद्धय पशुपतिशम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनी आशिर्वाद लिएर उम्मेदवारी घोषणा गर्न आएको दावी गरेका छन् ।

केहि दिन यता मात्र प्रतिनिधि सभाका एक मात्र सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारीको घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर