नेतृत्व चयन असफल भएपछि निर्वाचनमा उत्रियो नेकपा एमाले, १४ जना पदाधिकारीको निर्वाचन हुने — OSNepal

नेतृत्व चयन असफल भएपछि निर्वाचनमा उत्रियो नेकपा एमाले, १४ जना पदाधिकारीको निर्वाचन हुने

LC (KTM) November 29, 2021 0

चितवन १३ मंसिर श्र नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशमा नेतृत्व सहित सबै पदाधिकारी सर्वसम्मत गर्ने भनिएको निणर्य विफल भएको छ ।

एक पटक फेरि अध्यक्षमा केपी शर्मा ओली नै चयन गर्ने सहमति नभएपछि यति बेला अध्यक्षसुहित १४ जना पदाधिकारी चुनावी मैदामा उत्रिएका छन् । अध्यक्षसहित १४ पदाधिकारीमा निर्वाचन हुने भएको छ।

अध्यक्ष ओलीले आइतबार राति उपाध्यक्षमा प्रस्ताव गरेका युवराज ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डेको नामप्रति असहमति जनाउँदै ओलीको सूचीमा नपरेका घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा प्रतिस्पर्धा हुने भएको छ ।

तयसैगरी, ओलीले सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छबिलाल बिश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिष्ट र पद्मा अर्यालको नाम प्रस्ताव गरेको प्रति अशन्तुष्ट हुँदै भीम आचार्य र टंक कार्कीले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

ओलीको निणर्य प्रति अशन्तुष्ट हुँदै अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि चुनावको तयारी भएको हो । आज साँझ सम्म हुने भनिएको चुनावको लागि उम्मेदवारहरु यति बेला मत माग्दै हिडेका छन् ।

निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले दिएको जानकारी अनुसार त्यसबाहेक १४ पदाधिकारीका लागि निर्वाचन हुने निश्चित देखिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर