केन्द्रिय सदस्यमा नअटाएपछि भट्टराईको अनुमान: थप कुनै महत्वपूर्ण जिम्मेवारीका लागि पार्टी नेतृत्वले मलाई रिजर्भको रुपमा राखेको हो कि — OSNepal

केन्द्रिय सदस्यमा नअटाएपछि भट्टराईको अनुमान: थप कुनै महत्वपूर्ण जिम्मेवारीका लागि पार्टी नेतृत्वले मलाई रिजर्भको रुपमा राखेको हो कि

LC (KTM) November 29, 2021 0

चितवन १३ मंसिर । नेकपा एमालेका सचेतक विशाल भट्टराईले आफु अध्यक्ष केपी ओलीले तयार पारेको ३०१ केन्द्रिय सदस्यमा नटाएको विषयलाई सामान्य रुपमा लिएको बताएका छन् ।

पार्टीको जारी महाधिवेशनमा सञ्चारमाध्यमसँग बोल्दै नेता भट्टराईले आफुलाई कुनै महत्वपूर्ण जिम्मेवारीका लागि रिजर्भ गरेर राखेको हुन सक्ने बताएका छन् ।

आफुलाई पार्टी नेतृत्वले जुन जिम्मेवारी दिए पनि इमान्दारीपूर्वक निर्वाह बताएका उनले
कहिलेकाहिँ राजनीतिमा एक कदम पछाडि दुई कदम अगाडि पनि हुने बताएका छन् ।

आफु पार्टीको काम अनवरत रुपमा जारी राख्ने बताउँदै संसदमा प्रमुख सचेतकको भूमिका निर्वाह गरिरहने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर