रावलमाथि अत्याचार भएको छ त्यसैले अप्ठ्यारो–सफ्ठ्यारो जेसुकै होस् रावललाई समर्थन गर्छु : घनश्याम भुसाल — OSNepal

रावलमाथि अत्याचार भएको छ त्यसैले अप्ठ्यारो–सफ्ठ्यारो जेसुकै होस् रावललाई समर्थन गर्छु : घनश्याम भुसाल

LC (KTM) November 29, 2021 0

काठमाडौं १३ मंसिर । नेकपा एमालेका नेता घनश्याम भुसालले आफु भीम रावलसँगको पक्षमा भएको बताएका छन् । पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका नेता रावलको पक्षमा भएको भुसालले बताएका छन् ।

वर्तमान अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी मैदानमा रावल भिड्न लागेका हुन् । रावल माथि अत्याचार भएको बेला देखि नै आफु रावलको पक्षमम उभिएको नेता भुसालले पत्रकारहरुसँगको कुराकानी जानकारी दिएका छन् ।

आफू व्यक्तिभन्दा क्रान्तिका पक्षमा रहेको बताएका भुसालले भनेका छन्, ‘मलाई व्यक्तिसँग केही मतलब हुँदैन, मेरा सम्बन्धले केही गर्दैन, क्रान्तिको पक्षमा भएकाले ऊ ठीक छ, अप्ठ्यारो–सफ्ठ्यारो जेसुकै होस् मेरो कमिटमेन्ट हो, म समर्थन गर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर