उपाध्यक्ष पदमा उम्मेदवारी दिएका भुसालले भने - मैले जित्ने ग्यारेन्टी छ — OSNepal

उपाध्यक्ष पदमा उम्मेदवारी दिएका भुसालले भने – मैले जित्ने ग्यारेन्टी छ

LC (KTM) November 29, 2021 0

चितवन १३ मंसिर । नेकपा एमालेका नेता घनश्याम भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएसँगे आपुले जित्ने ठोकुवा गरेका छन् ।

सोमबार उम्मेदवारी दार्त गराएपछि पत्रकारहरुसँग बोल्दै नेता भुसालले कहीँ पार्टीले गल्ती गरिहाल्यो भने पार्टीलाई सुधार्ने पनि कार्यकर्ताको लामो परम्परा छ । त्यो परम्परा नै मैले जित्ने कुराको ग्यारेन्टी हो भन्दै ठोकुवा गरेका हुन् ।

पार्टीभित्र सिद्धान्त , मार्क्सवाद, विचार ज्युँदो छ कुराको सशक्त हस्तक्षेप जरुरी छ भनेर आफुले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् ।

पार्टीमा गल्तीका प्रशस्त सम्भावनाहरु रहेकोले अहिले पनि गल्ती हुँदै आएको बताएका उनले भनेका छन् , ‘एउटा एकीकृत पार्टी किन फुट्यो । त्यसबारेमा हामी बेखबर भएर हिँडेका छौं । त्यत्रो संसारमा हामीले एउटा मोडल देखाउन सक्ने त्यो सम्भावना कसरी बिगार्यौं । आफ्नो पार्टी किन टिकाउन सकेनौं, आफ्नै पार्टी किन टिकाउन सकेनौं भन्दाखेरि तिमीहरुले नै किन भत्कायौ भन्न सकिन्छ ।’

उनले अघि भनेका छन् , ‘तर त्यो स्थिति नै किन आयो भन्ने बारेमा हामीले बेखबर भएर आँखा बन्द गरेर हिंड्दैछौं यसले हामीलाई, हाम्रो लोकतन्त्रलाई, कम्युनिष्ट पार्टीका सम्भावनालाई धेरै डरलाग्दा खतराहरुतर्फ सोझ्याउने वाला छ । त्यसले गर्दा पनि मेरो उम्मेदवारी जरुरी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर