नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा पूर्व मन्त्री पद्मा अर्यालको चर्चा, कार्यकर्ताले राखे यस्तो माग — OSNepal

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा पूर्व मन्त्री पद्मा अर्यालको चर्चा, कार्यकर्ताले राखे यस्तो माग

LC (KTM) November 27, 2021 0

चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा मार्फत पूर्व मन्त्री पद्मा अर्याल र महेश बस्नेतलाई पदाधिकारीमा निर्वाचित गर्न नेता तथा कार्यकर्ताले माग गरेका छन ।

बन्दसत्र चलिरहेको बेला महाधिवेशन प्रतिनिधि बनेर आएका नेता तथा कार्यकर्ताले अध्यक्ष केपि ओलीलाई प्रधानमन्त्री भएको बेला कार्यकाल सफल बनाउन प्रमुख भुमिका निर्वाह गर्ने अर्याल र बस्नेतलाई पदाधिकारीमा निर्वाचित गर्न माग गरेका हुन ।

ओली प्रधानमन्त्री हुदा अर्यालले नयाँ नक्सा सार्बजनिक, सगरमाथाको उचाई मापन, अतिक्रमित ४ सय २१ विगाहा सरकारी जग्गा सरकारको नाममा फिर्ता, बंगलादेश र चिन९तातोपानी नाका० बाँट रासायनिक मल आयात, मालपोत र नापीको डिजिटल र प्रशासनिक सुधार र एक पालीका एक अस्पताल अवधारणा ल्याएर देशको गरिमा बढाउने काम गरेको भन्दै अर्याललाई पार्टीमा पदाधिकारीको जिम्मा दिएर काम गराउन उनिहरुले माग गरेका छन ।

साथै पार्टी विभाजन हुदा नेता बस्नेतले पार्टीलाई सुदृढ़ीकरण बनाउन प्रमुख भुमिका खेलेका थिए ।

युवाहरु माझँ लोकप्रिय पूर्व मन्त्री अर्याल र बस्नेत हाल नेकपा एमालेको केन्द्रिय सदस्य हुन । नेता अर्याल नेकपा एमाले स्याङ्जा जिल्ला ईन्चार्ज समेत हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर