क्यालिफोर्नियामा एक कर्मचारीले अन्धाधुन्ध गोली चलाउँदा ८ जनाको गयो ज्यान, त्यसपछि आफैले गरे आत्म ह त्या — OSNepal

क्यालिफोर्नियामा एक कर्मचारीले अन्धाधुन्ध गोली चलाउँदा ८ जनाको गयो ज्यान, त्यसपछि आफैले गरे आत्म ह त्या

LC (KTM) May 27, 2021 0

अमेरीकामा लाईसेन्स लिएर हतियार राख्न पाउने प्रावधान निक्कै मुस्किल साबित बन्दै गएको छ अमेरीकाको लागि । बर्षेनी अन्धाधुन्ध गोली प्र हार बाट सयौ मानिसको ज्यान गईरहेको छ ।

यस्तै भएको छ फेरि क्यालिफोर्नियामा । क्यालीफोर्नियाको यातायात कार्यालयका कर्मचारीले आफूसँगै काम गर्ने अन्य ८ जनाको ज्यान लिएका छन्। साथीहरुलाई गोली प्रहार गरेपछि उनी आफैले आफूलाई गोली हानेको क्यालिफोर्नियाको प्रशासनले जनाएको छ।

बुधबार बिहान ६ बजे रेल स्टेशनमा भएको उक्त दुर्घटना स्थलमा विस्फोटक पदार्थ भेटिएको र त्यसलाई डिस्पोज गर्ने टोली उक्त रेल स्टेशनमा पठाइएको रोयटर्समा उल्लेख गरिएको छ।

सान्टा क्लस भ्याली ट्रान्सपोर्टेसन अथोरिटीमा यो दुर्घटना भएको हो। दुर्घटनापछि रेल सेवा स्थगित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर