यतिबेला कांग्रेसलाई महाधिबेशनको चटारो परेको छ । हरेक ठाउँमा आफ्नो खेमाका लाई जिताउने प्रयास नेर्ततव रहिआएको छ । देशभर सभापति शेर बहादुर देउवा पक्ष, रामचन्द्र पौडेल पक्ष र कोईराला पक्षका प्रतिनिधिहरु जिताउन आ आफ्नै खेमा लागि परेका छन् ।
यसैक्रममा मोरङ कांग्रेस सभापतिमा तीन जनाले उम्मेदवारी दिएका छन् । संस्थापन पक्षबाट दीलिप गच्छदार, संस्थापन इतरबाट डिगबहादुर लिम्बू र यदुकुमार विष्टको उम्मेदवारी परे संगै मोरंगमा नेतृत्व छान्न सकस परेको हो । नेपाली कांग्रेस मोरङको नेतृत्व चयनका लागि सभापति सहित विभिन्न पदमा मनोनयन दर्ता सम्पन्न भएको हो ।
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङको नेतृत्व चयन गर्न आइतबार चुनाव हुने भएको छ । सभापतिमा बेलबारी नगरपालिकाबाट गच्छदारको , लेटाङ नगरपालिकाबाट लिम्बू, र पथरीशनिश्चरे नगरपालिकाबाट विष्टको उम्मेदवारी दर्ता भएको हो । लिम्बू वर्तमान जिल्ला सभापति र पूर्व संघीय सांसद समेत रहेका छन् ।