नेकपा एमालेको १० औ महाधिबेशन आज बाट सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि एमालेको महाधिशेन चितवनको सौराहामा सुरु भएको हो। आज उद्घाटन सत्र सकाएको एमाले अब नयाँ नेतृत्व चयनतर्फ लागेको छ। राति नै केन्द्रीय कमिटी बैठक बसेर भोलि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने तयारी एमालेले गरेको छ।
यसैबीच एमाले उपाध्यक्ष भीम रावलले भोलिदेखि शुरू हुने बन्दशत्रमा आफुले उम्मेदवारी दिने उद्घोष गरेका छन् । आफु अध्यक्ष पदको दाबी बाट पछि नहट्ने समेत बताए । पदाधिकारी थपेर सहमति गर्ने भन्ने काल्पनिक कुरा आफुले नगर्ने भन्दै उनले अध्यक्ष पदको लागि उम्म्ेद्धारी दिने र भोलि मनोनयन गर्ने बताए । निर्वाचन समितिका अनुसार शनिबारै उम्मेदवारी दर्ता हुनेछ भने आइतबार मतदान गरिनेछ।