नेकपा एमाले बेरोजगारले तास फिट्ने र बाँड्नेहरूकाे पार्टी होइन : अध्यक्ष ओली — OSNepal

नेकपा एमाले बेरोजगारले तास फिट्ने र बाँड्नेहरूकाे पार्टी होइन : अध्यक्ष ओली

LC (KTM) November 26, 2021 0

चितवन, १० मंसिर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले बेरोजगारहरूले तास फिट्ने र बाँड्ने पार्टी नभएको बताएका छन् ।

उनले यो पार्टी सिर्जनशील व्यक्तिहरूको पार्टी भएका बताएका छन् । आफ्नो सिर्जनशीलताले देश विकास र सम्पन्न बनाउन उनले आग्रह गरेका छन् । उनले नेकपा एमाले सधैँ देशवासीप्रति चिन्तित रहने पार्टी भएको र सोहीअनुसार समृद्ध नेपाल सुखी नेपाली अभियान चलाएको दाबी गरेका छन् ।

उनले अब नेपाली सन्ततिले दुःख, अशान्ति, बेरोजगारी, अभाव, बिरामी, रोगी भएर बस्नु नपर्ने पनि बताएका छन् । यस्ता विषय अब सिनेमा र डकुमेन्ट्रीमा मात्रै देखिने उनकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर