'प्रतिगमन'- २ आएपछि मुलुक फिजिकरण हुँदैछ : अधिवक्ता श्रेष्ठ — OSNepal

‘प्रतिगमन’- २ आएपछि मुलुक फिजिकरण हुँदैछ : अधिवक्ता श्रेष्ठ

LC (KTM) May 27, 2021 0

काठमाडौँ १३ जेठ । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पहिलो पटक संसद विघटन भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएको भए दोस्रो पटक यस्तो नहुने बताएका छन् । आज सभामुख अग्निप्रसाद सापकोटासँगको छलफलमा अधिवक्ता श्रेष्ठले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘पहिलोपटक राष्ट्रपतिलाई महाभियोग लगाएको भए दोस्रो पटक प्रतिनिधिसभा विघटन हुने थिएन । महाभियोग त पास हुने थिएन, दुई तिहाई त छैन’ उनले भने । नेपालको राजनीतिक, संवैधानिक, न्यायिक इतिहासमा यस्तो कलंकित राष्ट्रपति पनि आउनुभयो जसले दुई-दुई चोटी संसदलाई मार्नुभयो भनेर रेकर्ड गर्नका लागि महाभियोग लगाएको भए भविष्यमा आउने नयाँ राष्ट्रपतिले पनि यस्तो कार्य गर्ने थिएनन्  । श्रेष्ठले भने, भोलिको पुस्ताले अध्ययन गर्थ्यो, यस्तो स्थिति भएको थियो है नेपालमा भनेर । त्यस्तो खराब चिज नआओस् भनेर’ उनले अघि भने ।
श्रेष्ठले पनि संसद विघटनलाई प्रतिगमन २ को संज्ञा दिँदै  भने, ‘प्रतिगमन’ २ आएपछि मुलुक फिजिकरण हुँदैछ । अध्यादशेमा केही पनि होइन । दिनहुँ अमूक राजदूतावासमा गएर छलफल गर्ने काम भएको छ । मुलुकको फिजिकरणतिर गएको छ ।’

प्रधानमन्त्री केपी ओलीले अब न्यायालय र सभामुख पद कब्जा गर्न बाँकी भएकाले अधिवक्ता श्रेष्ठले सभामुख सापकोटालाई संविधानले दिएको अधिकार प्रयोग गर्न सुझाव समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर