रेल्वे सेवा तत्काल सञ्चालनको माग गर्दै धनुषामा स्थानीयवासीको प्रदर्शन — OSNepal

रेल्वे सेवा तत्काल सञ्चालनको माग गर्दै धनुषामा स्थानीयवासीको प्रदर्शन

LC (KTM) November 26, 2021 0

काठमाडौं १० मंसिर । रेल्वे सेवा तत्काल सञ्चालनको माग गर्दै धनुषामा स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

महिनौंदेखि रेल थन्किएको र भौतिक पूर्वाधार लगायतका काम सम्पन्न भइसक्दा पनि सञ्चालनमा नआएको स्थानीयवासीले प्रदर्शन गरेका हुन् ।

नेपाल–भारत सम्बन्धलाई अझै प्रगाढ बनाउन तथा भारतीय धार्मिक पर्यटन भित्र्याउन रेल सेवाको मूख्य भूमिका हुने बताएका उनीहरुले रेल सेवा शीघ्र सञ्चालनको माग गरेका छन् ।

स्थानीय मनोजकुमार साहको अगुवाईमा रेल सञ्चालनको मागसहित स्थानीयवासीले प्रदर्शन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर