कोरोना संक्रमण बाट मृ त्यु भएकाहरुको मोबाईल चोर्ने एक महिला प क्राउ , यसरी चोर्थिन मोबाईल — OSNepal

कोरोना संक्रमण बाट मृ त्यु भएकाहरुको मोबाईल चोर्ने एक महिला प क्राउ , यसरी चोर्थिन मोबाईल

LC (KTM) May 27, 2021 0

कोरोनाको संक्रमण लाई लिएर मानिसहरु हैरान भएका छन् । केही ब्यक्ति यो समयमा पनि बदमासी गर्न पछि परेका छैनन् । बदमासीको पनि हद पार गरेर एउटा घटना भारतको नोएडमा घटेको छ ।

नोएडाको सेक्टर ३९ मा रहेको एक अस्पताल बाट यो बदमासीको कुरा बाहिर आएको हो । पुलिसले अस्पतालको सरसफाईमा काम गर्ने एक महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

ती महिला बिरुद्ध अस्पतालमा भर्ना भएका कोरोना संक्रमितहरुको मोबाईल चोरी गरेको आरोप रहेको छ । कतिपय मोबाईल कोरोना संक्रमणका कारण निधन भएकाहरुको समेत चोरी गरेको पाइएको छ । प्रहरीका अनुसार ति महिला कोरोनाका कारण मृ त्यु भएका तथा गंभीर बिरामीको मोबाईल चोरी गर्ने गर्थिन ।

प्रहरीले आरोपी मिनालाई बुधबार दिउँसो सेक्टर ४१ को गेट नम्बर ३ बाट बाहिर निस्कन लाग्दा नियन्त्रणमा लिएको थियो । त्यस अस्पतालमा कोरोना संक्रमीतहरुको मोबाइल चोरी भईरहेको उजुरी आईरहेपछि प्रहरीले अुषन्धान सुरु गरेको थियो । मीनाको साथ बाट ६ वटा मोबाईल फोन बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी ति महिला उत्तर प्रदेशकी रहेकी छिन् । चाँडै मोबाईल धनी तथा उनीहरुको नातेदारलाई पहिचान गरेर मोबाईल फोन फिर्ता दिने उनले प्रहरी समक्ष बताएकी छिन् । कोरोना संक्रमितको मृ त्यु भएपछि ला शको नजिक बिस्तारै जाने र मोबाईल गायब बनाउने गरेकी थिईन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर