हिजोको तुलनामा आज फेरी काठमाडौं उपत्याकामा बढे संक्रमित — OSNepal

हिजोको तुलनामा आज फेरी काठमाडौं उपत्याकामा बढे संक्रमित

LC (KTM) May 27, 2021 0

काठमाडौँ – काठमाडौं उपत्यकामा २ हजार ३६७ जना कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा गरी पछिल्लो २४ घण्टामा २ हजार ३६७ जना कोरोना संक्रमित थपिएको स्वास्थ मन्त्रालयले जनाएको छ । बुधबार भने काठमाडौं उपत्यकामा १४ सय ९३ जना कोरोना संक्रमित थपिएका थिए । हिजोको थुलनामा आज संक्रमित थपिएका हुन् ।यस्तै, पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विभिन्न जिल्लामा गरिएको २० हजार ४१४ पीसीआर परीक्षणमा ६ हजार ७३१ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । यस्तै, ७ हजार २२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ । देशभर गरी थप १०६ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर