यी नम्बरमा फोन गरे,अब निषेधाज्ञामा नेपाल खाद्य कम्पनी र साल्ट ट्रेडिङले सामान घरैमा डेलिभरि गरिदिने — OSNepal

यी नम्बरमा फोन गरे,अब निषेधाज्ञामा नेपाल खाद्य कम्पनी र साल्ट ट्रेडिङले सामान घरैमा डेलिभरि गरिदिने

LC (KTM) May 27, 2021 0

काठमाडौँ १३ जेठ । चौथौ पटक भोलीबाट थपिन लागेको निषेधाज्ञाको समयमा अब नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सामान घरैमा डेलिभरि गरिदिने भएको हो । निषेधाज्ञा गरेपनि संक्रमण नघटेको भन्दै उपत्यकाका तिनै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले एक साता किनार पसल तथा खाद्यय पसलहरु पनि बन्द गर्ने निणर्य गरेपछि त्यसको साट्टोमा जिल्ला प्रशासनले वैकल्पिक व्यवस्था गरेको हो ।

यदि निषेधाज्ञा भएको समय खाधान्न अभाव भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सामान घरैमा डेलिभरि गरिदिने व्यवस्था गरिएको काठमाडौँ जिल्ला शिक्षा अधिकारी काली प्रसाद पराजुलीले एक सुचना जारी गरी यसको जानकारी दिएका हुन् ।  सूचना मार्फत ग्राहकले कम्पनीको फोन नम्बरमा कल गरेर दाल, चामल, नून(तेल, चिनीलगायत खाद्य सामग्री मगाउन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर