पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको कोरोनाका कारण निधन — OSNepal

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको कोरोनाका कारण निधन

LC (KTM) May 27, 2021 0

पोखरा । कोरोनाका कारण पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्र्यको निधन भएको छ । २० दिनअघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका उनको काठमाडौंको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ‘कोरोना पोजेटिभ देखिएर धेरै ज्वरो आएपछि ३ दिनदेखि भेन्टिलेटर राखेर उपचार भइरहेका उनको आज बिहान निधन भएको हो ।

रमेश ०६९ देखि ७१ सम्म पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष थिए । उनी हिमचुुली विकास बैंकको अध्यक्ष पनि थिए भने लुम्बिनी विकास बैंकको सञ्चालक थिए । पोखराको विकासमा कर्माचार्यको ठूलो योगदान रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर