कोरोना महामारीले काठमाडौँलाई ठपक्क ढाकेका बेला फेरी काठमाडौँमा बर्डफ्लु देखियो — OSNepal

कोरोना महामारीले काठमाडौँलाई ठपक्क ढाकेका बेला फेरी काठमाडौँमा बर्डफ्लु देखियो

LC (KTM) May 27, 2021 0

काठमाडौँ । काठमाडौमा फेरि बर्डफ्लु रोग देखापरेको छ । काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं। ४ र ९ र चन्द्रागिरिमा नगरपालिकाको वडा नं। २ का कृषकले पालेको टर्की र बर्डफ्लु रोग संक्रमण देखिएको हो । कृषकले पालेको टर्कीमा नमुना केन्द्रिय पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पि।सि।आर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग प्रमाणित भएको पशु सेवा विभागले जानकारी दिएको छ । गएको माघ काठमाडौँको तारकेश्वर नगरपालिकाको वडा नं। ७ साङ्लेखोला, सुर्खेत जाजरकोट र ललितपुरमा समेत देखिएको थियो ।

पशु सेवा विभागका सूचना अधिकारी डा।चन्द्र ढकालले बर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिइन तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरुलाई परिचालन गरी गरेको बताए । उनले संक्रमण देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु बुधबार नष्ट गरेको बताए । सूचना अधिकारी ढकालले ५ सय ३५ टर्की र वडा न। ९ मा ४ सय ९२ स्थानीय कुखुरा ७६ बट्टाई २० हाँस, १ सय ७८ अण्डा र ९ सय केजी दाना नष्ट गरेको जानकारी दिए । यसैगरी उनले रोग देखिएको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिसकेको दावी गरेका छन् ।

सूचना अधिकारी ढकालले बर्डफ्लु रोग संक्रमण अन्य क्षेत्रमा फैलन नलिइन अब पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न गराउन निर्देशन दिएको बताए ।राजधानि दैनिकमा खबर छ । उनले कृषकलाई फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्नु पर्ने, पन्छीपालक कृषकहरुले फार्म परिसरमा नियमति रुपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको बताए । यसैगरी घरपालुवा पन्छीलाई जंगल पन्छिहरुको सम्पर्कमा आउन नदिन हाँस कुखुरा लगायतका पन्छीलाई खुल्ला नछोडी थुनेर पाल्न अनुरोध गरेको छ ।

गत माघ महिनामा काठमाडौंको तारकेश्वर नगरपालिकाका त्यो समयमा बर्ड फ्लु रोग देखिए पछि करिब साढे २३ सय वटा घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरेको थियो । १ हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ बट्टाई ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको थियो ।

ललितपुर महानगरपालिका–१४ नख्खुमा एक कृषकले पालेका स्थानीय कुखुरा, बट्टाई र हाँसमा बर्डफ्लु रोग देखिएको थियो । महानगरपालिका–१४ नख्खुमा एक कृषकले पालेका स्थानीय कुखुरा, बट्टाई र हाँसबाट नमुना संगकलन गरेको नमुनामा नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा परीक्षण बर्डफ्लु रोग पुष्टि भएको थियो ।

विभागले रोग नियन्त्रणका लागि ५ सय १६ हाँस, ८५४ स्थानीय कुखुरा, १ सय ५४ बट्टाई, ९ सय ४४ गोटा अण्डा र ३ सय ३५ किलोग्राम दाना समेत नष्ट गरेको थियो । काठमाडौंको तारकेश्वर नगरपालिकाका त्यो समयमा बर्ड फ्लु रोग देखिए पछि करिब साढे २३ सय वटा घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरेको थियो । १ हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ बट्टाई ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर