काठमाडौँमा ‘रनफर प्रोटिन’ हाफ म्याराथन हुने — OSNepal

काठमाडौँमा ‘रनफर प्रोटिन’ हाफ म्याराथन हुने

LC (KTM) November 21, 2021 0

काठमाडौँ, ५ मङ्सिर-नेपाल भेटेरिनरी एशोसिएशनको आयोजनामा काठमाडौँमा ‘रनफर प्रोटिन’ हाफ म्याराथन हुने भएको छ । एशोसिएसनद्धारा आज यहाँ आयोजित पत्रकार सम्मलेनमा उक्त प्रतियोगिता आगामी पुस ३ गते हुने जानकारी दिइयो । प्रतियोगितामा हाफ म्याराथनसहित पुरुष १० किमि, महिला पाँच किमि, १२ कक्षासम्मका विद्यार्थीअन्तर्गत पुरुषतर्फ पाँच किमि तथा महिलातर्फ तीन किमि दौड हुनेछ । साथै फरक क्षमता भएका व्यक्तिका लागि ह्वीलचेयर दौड पनि समावेश गरिएको आयोजकका अध्यक्ष डा सितलकाजी श्रेष्ठले जानकरी दिनुभयो ।

प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन तथा जनचेतना फैलाउने उदेश्यले म्याराथन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महिला तथा पुरुषतर्फको हाफ म्याराथन विजेताले समान रु एक लाख तथा दोस्रो हुने खेलाडीले रु ७५ हजार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने खेलाडीले रु ५० हजार पाउनेछन् । चौथो र पाँचौ हुनेले क्रमशः रु ४० हजार र रु ३० हजार प्राप्त गर्नेछन् ।

दश किमितर्फ शीर्षदेखि पाँचौस्थानसम्म हातपार्ने खेलाडीले क्रमशः रु ५० हजार, रु ४० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार पाउनेछन् ।पाँच किमि तथा ह्वीलचेयरतर्फका शीर्षदेखि पाचौँ स्थानसम्म विजेता हुने खेलाडीले क्रमश रु ३० हजार, रु २० हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार पाउनेछन् ।त्यसैगरी तीन किमितर्फका शीर्ष पाँचसम्म विजयी हुने खेलाडीले क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार, रु पाँच हजार र रु दुई हजार ५०० प्राप्त गर्नेछन् । उक्त प्रतियोगिताका लागि दर्ता शुल्क रु दुई सय तोकिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर