न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीशले लिए सम्म विचौलिया पाल्ने काम रोकिँदैन : अध्यक्ष श्रेष्ठ — OSNepal

न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीशले लिए सम्म विचौलिया पाल्ने काम रोकिँदैन : अध्यक्ष श्रेष्ठ

LC (KTM) November 21, 2021 0

काठमाडौं ५ मंसिर । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले लिएसम्म विचौलिया पाल्ने काम नरोकिने बताएका छन् ।

आइतबार प्रधानन्यायाधीशको राजीनामा माग गर्दे सर्वोच्च परिसरमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दे अध्यक्ष श्रेष्ठले यस्तो प्रतिक्रिया दिएका हुन् ।

कानून विपरित विचौलियाहरुलाई पाल्ने काम न्याय प्रशासनको, न्याय परिषद्बाट न्यायाधीशहरुलाई सरुवा काजमा पठाउने अधिकार अहिले पनि प्रधानन्यायाधीशले लिइराखेको बताएका उनले कार्यक्रममा भने, ]प्रधानयायाधीशलाई न्याय प्रशासनबाट पनि जबसम्म खोसिदैनँ तबसम्म गोला प्रणालीको आधारबाट अब नङ्ग्रा त गयो उसको, दाह्रा गयो भनेर मात्रै सुख पाउने अवस्था छैन अर्को चपाउने दाँत पनि रहेकाले त्यो पनि झार्न जरुरी रहेको छ । ]

जवराको विरुद्ध अब राजनीतिक दल संसदमा पनि जाने उनले बताएका छन् । झण्डै एक महिना देखि जवराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले जवराको राजीनामा माग गर्दै विरोध कार्यक्रम गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर