निषेधाज्ञा उल्लङ्घन गर्दै लखर लखर डुल्नेलाई पाँच लाखसम्म जरिवाना — OSNepal

निषेधाज्ञा उल्लङ्घन गर्दै लखर लखर डुल्नेलाई पाँच लाखसम्म जरिवाना

LC (KTM) May 27, 2021 0

सङ्खुवासभामा कोरोना संक्रमण घट्न नसकेपछि निषेधाज्ञालाई थप कडाइ हुने भएको छ । जिल्लामा निषेधाज्ञा उल्लङ्घन गरे पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । निषेधाज्ञाको समयमा कसैले बाधा अवरोध गरे एक लाख रुपैयाँ देखि पाँच लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

मङ्गलबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै उल्लङ्घन गर्नेलाई दण्ड र जरिवाना समेत कार्यन्वयन गर्ने निर्णय भएको हो । नेपाल सरकारको कोभिड व्यवस्थापन सम्बन्धी २०७८ मा जारी गरेका अध्यादेशअनुसार कोही कसैले मापदण्ड पालना नगरेमा नगद, कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ । जिल्लामा गत वैशाख २५ गते राति १२ देखि लागु भएको निशेधाज्ञा यही जेठ २५ गते राति १२ बजेसम्म थपिएको छ । हालसम्म जिल्लामा पाँच सय ८८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यो पनि : कोभिड तथा विपद् प्रतिकार्यमा जुट्न निर्देशन : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपालीले विपद् प्रतिकार्य तथा कोरोना महामारी नियन्त्रणमा जुट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । मन्त्री नेपालीले आज भर्चुअल बैठकमार्फत् कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिँदै भन्नुभयो, “प्राकृतिक विपद्बाट कर्णाली प्रदेशमा बर्सेनि लाखौको धनजनको क्षति हुने गरेकाले यसको प्रतिकार्यका लागि जिल्लादेखि वडातहसम्म कार्ययोजना लग्नुहोस् ।”

प्रदेश सरकारले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि प्रदेशस्तरीय सूचना प्रणाली लागू गर्न लागेको जानकारी दिँदै मन्त्री नेपालीले त्यसको प्रभावकारी व्यवस्थापनका निम्ति प्रमुख जिल्ला अधिकारीहरुको भूमिका र सहयोग महत्वपूर्ण हुने बताउनुभयो । उहाँका अनुसार मनसुन सक्रिय हुने समय नजिकिदै गरेका कारण जिल्लादेखि वडातहसम्म प्रभावकारी सूचना प्रणालीको विकास, जनचेतना जगाउने कार्यलाई तीव्र बनाएर लैजाने तयारी गरिएको छ । उहाँले तेस्रो भेरियन्ट आउने सक्ने जिल्लामा बलियो तयारी र सहज अक्सिजन आपूर्तिको वातावरण मिलाउन प्रजिअहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा दशवटै जिल्लाका प्रजिअले कोरोना नियन्त्रण र विपद् व्यवस्थापन भइरहेका गतिविधिबारे र त्यसक्रममा देखिएको चुनौतीबारे जानकारी गराउनु भएको थियो । विपद्को पूर्वतयारीको सूचना संयन्त्रलाई प्रभावकारी बनाउन प्रदेश सरकारको सहयोग अपरिहार्य भएको र सेवा प्रणालीलाई चुस्त बनाउन तथा सबै नागरिकलाई खोप लगाउने वातावरण तयार गर्न उहाँहरुको सामूहिक आग्रह थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर