कोरोना महामारी नियन्त्रणका लागि चिनले नेपाललाई दियो यस्ता चार सुझावहरु, हेर्नुहोस् यि तरिकाहरु — OSNepal

कोरोना महामारी नियन्त्रणका लागि चिनले नेपाललाई दियो यस्ता चार सुझावहरु, हेर्नुहोस् यि तरिकाहरु

LC (KTM) May 27, 2021 0

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)अन्तर्गत अन्तर्राष्ट्रिय विभाग र नेपालका विभिन्न राजनीतिक पार्टी नेताबीच भर्चुअल बैठक भएको छ । नेपाल कारोना महामारी दोस्रो लहरसँग जुधिरहेका बेला दुई देशका पार्टीबीच छलफल भएको हो । नेपालका नेताले चीनको सहयोगका लागि ‘धन्यवाद’ दिँदै थप सहयोग अपेक्षा गरेका छन् । चीनले कोरोना महामारी नियन्त्रणमा प्राप्त सफलताको प्रशंसा गर्दै नेपालका नेताले स्वास्थ्य सामग्री सहयोग आशा गरेका छन् ।

‘महामारीविरुद्ध संयुक्त संघर्ष तथा जनजीवन रक्षा, नेपाल–चीन राजनीतिक पार्टीबीच महामारीविरुद्ध संयुक्त लडाइँ’ विषयक बैठकमा सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओले ‘कोरोना महामारी विश्वव्यापी संकट भएको’ बताउँदै ‘सबै मुलुक मिलेर सामना गर्नुपर्ने चिनियाँ धारणा रहेको’ बताए । जनताको सुरक्षा र स्वास्थ्य विशेष ध्यान दिने पार्टीको नीति रहेको पनि उनले सुनाए । नेपालका नेताले पहिलो प्राथमिकता जनतालाई महत्व दिनुपर्ने सुझाव उनले दिएका छन् ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

सोङ थाओले महामारी नियन्त्रणका लागि चार उपाय सुझाएका छन् । पार्टी नेतृत्वमा जनजीवन प्राथमिकतामा राख्नुपर्ने, चुनौती सामना गर्न एकीकृत समन्वय, मनमन जोडेर शक्तिसाथ जुट्नुपर्ने र दृढ योजना अघि सार्न सके कोरोनालाई जित्न सकिने सुझाव दिएका छन् । उनले चिनियाँ पार्टीका तर्फबाट नेपाललाई सहयोग उपलब्ध गराउने घोषणासमेत गरे ।

‘चीन सरकारले यसअघि पनि सहयोग उपलब्ध गराउँदै आएको छ, चिनियाँ कम्युनिस्ट पार्टी थप सहयोग गर्न चाहन्छौं,’ उनले भने, ‘अहिले हामी सयवटा अक्सिजन कन्सन्ट्रेटर्स र ६ लाख एन मास्क उपलब्ध गराउँछौं ।’ संकटका बेलामा नेपालका नेताले आपसी मतभेद गर्न नहुने र कोरोना महामारीविरुद्ध एकजुट भएर लड्न पनि उनले सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर