राष्ट्रपति भण्डारीद्धारा चिनियाँ राष्ट्रपति समक्ष आभार प्रकट — OSNepal

राष्ट्रपति भण्डारीद्धारा चिनियाँ राष्ट्रपति समक्ष आभार प्रकट

LC (KTM) May 26, 2021 0

महामारीको बेला चिनले नेपाललाई खोप उपलब्ध गराउने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङप्रति आभार प्रकट गरेकी छन्।

उनले नेपाललाई कोरोना संक्रमणविरुद्ध लड्न खोप प्रदान गर्ने घोषणा गरेकोमा धन्यबाद सहित आभार प्रकट गरेकी हुन् । बुधबार साँझ ट्वीट गरी राष्ट्रपति भण्डारीले समकक्षी सी र चिनियाँ जनताप्रति आभार प्रकट गरेकी हुन्।

उनले ट्विट गर्दै भनेकी छिन् – आज मित्र राष्ट्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङसँग कोभिड १९ महामारीसँग लड्न आपसी सहयोगबारे टेलिफोन संवाद भयो । महामहिम सीले खोप उपलब्ध गराउनेबारे सुखद् सन्देश सहित चीनले नेपाललाई हाल थप दस लाख खोप उपलब्ध गराउने भएकोमा महामहिम सी र चिनियाँ जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु।

चीनले बुधबार नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो। बिभिन्न दलका नेताले चिनको यो कदम स्वागत योग्य र खुशीको कुरा रहेको प्रतिक्रिया दिईरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर