बिपक्षीको बिरोध र कानुनी अड्चनका कारण दबाबमा प्रधानमन्त्री र राष्ट्रपति , आज र्दूइबीच साढे २ घण्टा भयो छलफल — OSNepal

बिपक्षीको बिरोध र कानुनी अड्चनका कारण दबाबमा प्रधानमन्त्री र राष्ट्रपति , आज र्दूइबीच साढे २ घण्टा भयो छलफल

LC (KTM) May 26, 2021 0

राजनीतिक माहोल एका एक बिग्रीएपछि प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय तनावमा रहेका छन् । उनले आज पछिल्लो समय बिकसीत हुदै आएको राजनितीक घटनाक्रमका बिषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग अढाई घण्टा लामो छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन्  । उक्त भेटका क्रममा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच ६ बजेदेखि साढे ८ बजेसम्म छलफल भएको छ ।

संसद विघटनबिरुद्ध विपक्षी दलहरुको एक ढिक्का भएर लागेपछि राजनीतिक र कानुनी दबाबका कारण राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली दबाबमा छन्। आजको यो भेटलाई फेरी नेपालको राजनितीमा कुनै नयाँ उथलपुथलको रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर