तेल बोक्ने ट्याङ्करबाट २ सय १८ किलो गाँजा बरामत — OSNepal

तेल बोक्ने ट्याङ्करबाट २ सय १८ किलो गाँजा बरामत

LC (KTM) May 26, 2021 0

काठमाडौँ १२ जेठ । तेल बोक्ने ट्याङ्करबाट प्रहरीले २ सय १८ किलो गाँजासहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेल बोक्ने ट्याङ्करका चालक महोत्तरीका बर्दिबास नगरपालिका ८ का३४ वर्षीय घनश्याम गिरी र सहचालक जिल्ला चितवन खैरनी नगरपालिका २ का २२ वर्षीय रामकुमार दवाडी रहेका छन् ।

विशेष सुचनाको आधारमा बारा प्रहरीले जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोक क्षेत्रबाट उक्त तेल बोक्ने ट्याङ्कर पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले दिएको जानकारी अनुसार मोहम्मद आलमले सञ्चालन गरेको रामरहिम मोटर ग्यारेजमा ना ४ ख २९७९ नम्बरको खाली ट्याङ्करमा गाँजा राख्दै गरेको अवस्थामा ट्याङ्करका चालक र सहचालकलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथि थप अनुशन्धान भइरहेको प्ररहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर