पञ्चकन्या गाउँपालिकाले माग्यो खोप खरिदको लागी स्वास्थ्य मन्त्रालयसँग अनुमती — OSNepal

पञ्चकन्या गाउँपालिकाले माग्यो खोप खरिदको लागी स्वास्थ्य मन्त्रालयसँग अनुमती

LC (KTM) May 26, 2021 0

नुवाकोट- नुवाकोटको पञ्चकन्या गाउँपालिकाले कोरोना रोग विरुद्धको खोप खरिदको लागी स्वास्थ्य मन्त्रालयसँग अनुमती माग गर्दै पत्राचार गरिएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका भित्र दैनिक कोरोनाको सङ्क्रमण बढ्दै गएसगैँ रोग विरुद्ध लगाउने खोप सिधै खरिद गर्न नपाउने कानूनी प्रावधान भएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग स्वीकृति मागिएको हो ।

प्लाज्मा सङ्कलनलाई रक्तदान:- कोरोनाबाट सङक्रमित भएर अवस्था गम्भीर भएका व्यक्तिको उपचारमा प्रयोग गर्न आवश्यक प्लाजा सङ्कलन गर्न नुवाकोटमा गरिएको ‘रक्तदान शिविर’मा २३ जनाले रक्तदान गरेका छन् । ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’को आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको समन्वयमा कोरोना जितेर शरीरमा ‘एण्टी बडी’ ९रोग प्रतिरोधात्मक क्षमता० विकास भएका व्यक्तिले ११ पिन्ट प्लाज्मा र १२ पिन्ट रगत दान गरेका छन् ।

‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’का संयोजक मच्छिन्द्रनरसिंह प्याकुरेलका अनुसार कोरोना जितेर स्वस्थ भएका तीन महिलासहित ११ दाताबाट सङ्कलन भएको प्लाज्मा कोरोना सङ्क्रमित भएर अवस्था सिकिस्त भएका बिरामीको उपचारमा प्रयोग गरिने भएको छ ।गत वर्ष बन्दाबन्दीमा नुवाकोटमा रगतको सहज व्यवस्थापन गराएसगैँ यो संस्थाले यो वर्ष पनि निषेधाज्ञाको समयमा नुवाकोटका अस्पतालमा आवश्यक पर्ने रगतको सहजै उपलब्ध गराउदै आएको छ । रक्तदाताको विवरण सङ्कलन गर्ने, तोकिएको अवधि भएपनि रक्तदान गराउन प्रोत्साहन जगाउने, आवातजावत गर्न निःशुल्क सवारीसाधनको व्यवस्था मिलाउने लगायतको सहजिकरणमा यो समूह सक्रिय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर