निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने — OSNepal

निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने

LC (KTM) May 26, 2021 0

किमाथाङ्का, १२ जेठ- सङ्खुवासभामा कोरोना संक्रमण घट्न नसकेपछि निषेधाज्ञालाई थप कडाइ हुने भएको छ । जिल्लामा निषेधाज्ञा उल्लङ्घन गरे पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । निषेधाज्ञाको समयमा कसैले बाधा अवरोध गरे एक लाख रुपैयाँ देखि पाँच लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

मङ्गलबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै उल्लङ्घन गर्नेलाई दण्ड र जरिवाना समेत कार्यन्वयन गर्ने निर्णय भएको हो । नेपाल सरकारको कोभिड व्यवस्थापन सम्बन्धी २०७८ मा जारी गरेका अध्यादेशअनुसार कोही कसैले मापदण्ड पालना नगरेमा नगद, कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ । जिल्लामा गत वैशाख २५ गते राति १२ देखि लागु भएको निशेधाज्ञा यही जेठ २५ गते राति १२ बजेसम्म थपिएको छ । हालसम्म जिल्लामा पाँच सय ८८ जनामा संक्रमण पुष्टि भइसकेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर