काठमाडौं । तपाईलाई भुटेको मकै कतिको मन पर्छ ? गाउँघर हुदै शहरमा पनि भुटेको मकै खाने प्रचलन बढ्दो रहेको छ । तर बजारमा अर्गानिक भुटेको मकै त्यति पाईदैन् । भुटेको मकैलाई धेरै उपनामहरुले चिन्ने समेत गरिन्छ ।
भुटेको मकैको स्वाद कस्तो हुन्छ ? तपाईले भुटेको मकै खानुभएको छ भने स्वादको बारेमा भनि रहनु नर्पला । भुटेको मकैको स्वाद अत्यन्तै मिठो र स्वादिष्ट हुन्छ । भुटेको मकैले स्वास्थ्यमा निकैै फाईदा पूर्याउछ ।
भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुने भएकाले गर्दा पाचन प्रणाली र हड्डीलाई मजबुत बनाउँछ । यसमा आइरन, कपर, र फस्फोरस धेरै हुने भएको कारणले गर्दा शरीररमा रगतको मात्रामा कमि आउन दिदैन् ।
भुटेको मकै दिनहु खाएको खण्डमा यसले शरीररमा कोलेस्ट्रोलको मात्रा कम गर्ने काम गर्छ । यसलाई तातो पानीमा हालेर खाएको खण्डमा मुटु रोग र कमजोरी बाट जोगाउँछ ।