काठमाडौं-अदुवा स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो स्वादमा अतिनै मिठो हुने गर्दछ । यसको प्रयोग धेरै मानिसहरुको भान्सामा प्रयोगमा हुने गर्दछ ।
अदुवा माटा मुनि फल्ने एउटा कन्दमुल हो । यसको प्रयोग चियामा दालमा मासुमा हाल्दा स्वाद मिठो हुन्छ । तर धेरै मानिसहरुलाई थाहा छैन अदुवाको सेवन गर्दा हाम्रो शरीरलाई कति फाइदा हुन्छ ।
हामीले अदुवा सजिलोसंग नै बजारमा पाउन सक्छौ । पानी उमालेर अदुवाको सानो सानो टुक्रा त्यसमा हालेर खादा पनि हाम्रो घाटी दुखेको, छाती दुखेको निको हुन्छ ।
एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाएर बेस्सरी फिटेर विहानरवेलुका मनतातो हुने गरी तताएर खाने गरेमा खोकि ठिक हुन्छ ।अदुवाको रसमा कागती र सिधेनुन मिलाएर सेवन गरेमा जठराग्नि तीव्र हुन्छ ।भोक जाग्दछ।अदुवा र पुदिनाको काढा बनाएर सेवन गर्नाले पसिना आएर ज्वरो उत्रने हुन्छ । शीतज्वरमा यो फाइदाजनक हुन्छ ।