काठमाडौँ १२ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्जिसनको आपूर्ति सहज भए पनि व्यक्तिगत वा संस्थागत रूपमा लगिएका सिलिण्डर फिर्ता नगर्नाले समस्या भएको बताउँदै सबैलाई अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ ।
आज बुधबार मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीलेए एक सुचना मार्फत सबैलाई अक्सिजन सिलिन्डर फिर्ता गर्न आग्रह गरेका हुन् ।विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले व्यक्तिगत, आइसोलेसन केन्द्र र अस्पतालमा प्रयोगका लागि विभिन्न तरिकाले लगेका अक्सिजन सिलिण्डर समयमा नै जुन कम्पनी वा अस्पतालका सिलिण्डर हुन तिनै अक्सिजन उत्पादक कम्पनी वा अस्पतालमा पुग्ने गरी आवश्यक व्यवस्था मिलाउन अनुरोध छ’ सुचनामा भनिएको छ ।
यसले आगामी दिनमा समस्या निम्त्याउने देखिन्छ भन्दै सुचनामा भनिएको छ , अक्सिजन सिलिण्डर देशका दूरदराजमा वा व्यक्तिका घरमा थन्किएर रहेमा अस्पतालमा रहेका सघन उपचाररत सङ्क्रमितलाई समस्या पर्नेछ ।