नेकपा एमालेकै बाटोमा जसपा विवाद: पुर्व राजपा ब्युँताउँदै ठाकुर पक्ष भोली निर्वाचन आयोग जाँदै — OSNepal

नेकपा एमालेकै बाटोमा जसपा विवाद: पुर्व राजपा ब्युँताउँदै ठाकुर पक्ष भोली निर्वाचन आयोग जाँदै

LC (KTM) May 26, 2021 0

काठमाडौं १२ जेठ । फुटको संघार मै पुगेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधनामन्त्री केपी ओली सरकारको समर्थनमा रहेकाले कार्यकारिणी समितिमा नै आफ्नो बहुमत पुर्याउन लागि परेका छन् । अर्का पार्टीका अध्यक्ष उपेन्द्र यादव समुहले भने विपक्षी दलको कांग्रेका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्दै आएका छन् ।

यता, सरकारमा गएर मन्त्री बन्ने अभिलासाले गर्दा ठाकुर पक्ष निरन्तर ओलीको सम्र्पकमा रहँदै आएका छन् । पछिल्लो समय जसपामा स्पष्टिकरणको दोहोरी नै चलेको छ । दुई समुहमा बाँडिएको सजपा पनि अब नेकपा एमालेकै बाटोमा हिडिरहेको छ । कानुनी रुपमा मात्र छुट्ट बाँकी रहेको नेकपा एमालेको माधव नेपाल समुहले पनि अब अर्को पार्टी खोल्ने सम्भावना बोकेको छ ।

यता, ठाकुर समुहले कार्यकारिणी समितिमा बहुमत पुर्याउन नेता अशोक राईलाई फर्काएका थिए ।तर राईले नमानेपछि अब पार्टीं पुटाएर नै सरकारमा जाने ठाकुर पक्षको योजना रहेको बुझिएको छ । पार्टी विभाजन हुनलाई संसदीय दलमा ४० प्रतिशत हुनुपर्ने दल विभाजनसम्बन्धी प्रावधान रहेको छ । सोही नियमअनुसार नै भोली नै ठाकुर पक्ष निर्वाचन आयोग जाने स्रोतलले जनाएको छ । अब ठाकुर पक्ष पुर्व राजपा नै ब्युँताउने तयारीमा लागेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर