मुख्य गेटमा कानून व्यवसायीहरु धर्नामा बसिरहँदा प्रधानन्यायधीश भने सुटुक्ट छिरे सर्वोच्च अदालत — OSNepal

मुख्य गेटमा कानून व्यवसायीहरु धर्नामा बसिरहँदा प्रधानन्यायधीश भने सुटुक्ट छिरे सर्वोच्च अदालत

LC (KTM) November 14, 2021 0

काठमाडौं २८ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले सर्वोच्च अदालत प्रवेश गरेका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा भएको विरोध प्रर्दशनका बाबजुत पनि प्रधानन्यायाधी सर्वोच्च प्रवेश गरेका हुन् ।

आज आइतबार जवरालाई सर्वोच्च प्रवेश गर्न नदिने भन्दै मुद्यय प्रवेशद्धार र अर्को प्रवेशद्धारमा पनि विरोध गर्ने भनिए पनि जवरा एक नम्बरको गेटबाट सर्वोच्च प्रवेश गरेका हुन् ।

एक नम्बरको गेटमा भने प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएका छन् । यता, कानुन व्यवसायी भने मुख्य गेटमा धर्नामा बसेका छन् । गत शुक्रबार पनि जवरा वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर