ओली सरकारको असंवैधानिक बाटोबाट राज्यसत्ता कब्जा गरी अधिनायक शासन चलाउने नियत : कांग्रेस — OSNepal

ओली सरकारको असंवैधानिक बाटोबाट राज्यसत्ता कब्जा गरी अधिनायक शासन चलाउने नियत : कांग्रेस

LC (KTM) May 26, 2021 0

काठमाडौँ १२ जेठ । प्रधानमन्त्री केपी ओली सरकारले कोरोनाको संक्रमणको त्रास फैलाएर आतंक मच्चाएको नेपाली कांग्रेसले टिप्पणी गरेको छ । आज बुधबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पुर्व पदाधिकारीको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

संक्रमणको आडमा जनतालाई आतंक फैलाएर राजनीतिक स्वार्थ पूरा गर्ने नियत देखिएको बैठकले निष्कर्ष निकालेको छ । कोरोनाको यो संकटमा जनता छट्पटिदा सरकार कुर्सीको मोहमा चुलुम्ब डुबेकोले अक्सिजन र भेन्टिलेटरको व्यवस्था ,पीसीआर परीक्षणको दायरा बढाउने तथा गाउँगाउँका नागरिकलाई पनि उपचार गर्नअसफल भएको बैठकमाभनिएको छ ।

तसर्थ, ओली सरकारको यो संसद विघटन विरुद्ध नेपाली कांग्रेस कानुनी तथा राजनीतिक रुपमा लडाई गर्ने कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताएका छन् । ओलीले असंवैधानिक बाटोबाट राज्यसत्ता कब्जा गरी अधिनायक शासन चलाउने नियत राखेको पनि कांग्रेसले आरोप लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर