गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय छन् — OSNepal

गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय छन्

LC (KTM) May 26, 2021 0

विराटनगर -प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर) २०७८ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेका उल्लेख गर्नु भएको छ । शान्ति, अहिंसाका प्रतिमूर्ति गौतम बुद्धबाट व्यक्त सत्य वचनहरुको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ, मुख्यमन्त्री राईले भन्नु भएको छ, बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दीगो शान्ति स्थापना हुने मेरो विश्वास छ ।

त्यस्तै सन्देशमा मुख्यमन्त्री राईले उभौली जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‍भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नु भएको छ ।
हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबीच बन्धुत्व, भाइचारा र एकताको भावना बढाउन यस प्रकारका चाडपर्वले उर्जा प्रदान गर्दै आएको मुख्यमन्त्री राईको भनाई छ ।

साथै, यस प्रकारका मौलिक साँस्कृतिक चाडपर्वहरुले सामाजिक एवम् पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्‍भाव सुमधुर बनाउन सहयोग समेत गरेको उहाँले आफ्नो सन्देशमा उल्लेख गर्नु भएको छ ।
बढ्दो रुपमा फैलिएको कोरोना भाइरस का कारण यी चाडपर्व खुला र भव्य रुपमा मनाउन सम्भव नभएको बताउँदै मुख्यमन्त्री राईले भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन अपील समेत गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर