महाधिवेशनले एमालेलाई सक्षम शक्तिका रुपमा खडा गर्छ : ओली — OSNepal

महाधिवेशनले एमालेलाई सक्षम शक्तिका रुपमा खडा गर्छ : ओली

LC (KTM) November 13, 2021 0

काठमाडौँ-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औैँ राष्ट्रिय महाधिवेशनले एमालेलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम सवल शक्तिका रुपमा खडा गर्ने बताउनुभएको छ ।

देशभरी एकैसाथ महाधिवेशन प्रतिनिधि छनोटका सन्र्दभमा भिडियो सन्देश जारी गर्दै उहाँले महाधिवेशनले पार्टी निर्माण, विस्तार र एकता प्रक्रियालाई नयाँ उचाइ प्रदान गर्ने बताउनुभयो । उहाँले करिब तीन वर्षसम्म निष्क्रिय र अस्तव्यस्त अवस्थामा रहेका पार्टी सङ्गठन अहिले जुर्मुराउँदै र कमिटीमा नयाँ जीवन सञ्चारित हुँदै गएको समेत बताउनुभयो । एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गते चितवनमा हुँदै छ । महाधिवेशनका लागि शनिबार एक हजार ९९९ जना प्रतिनिधि चयन हुँदैछन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर